खेम रिजालका चार मुक्तकहरु

लेखक
लेखक

खेम रिजाल
ओहायो, अमेरिका

 

जराले  माटोलाई  थामेको  भए
गर्भमै  ढुकढुकी  छामेको   भए
एक अर्कामा माया हुन्थ्यो होला
आफन्तले   नाता  जानेको  भए ।

लेखेको   रहेछ  नाम उस्को
गोप्य  राखियो  खाम उस्को
अन्जान  बन्यो  बेखबर पात्र
धागोले बाधेको दाम  उस्को ।

म त  घरमा  लुटिएँ
उस्को भरमा  लुटिएँ
किन चाहियो  जंगल
गाउ शहरमा  लुटिएँ।

छेउमै  बसी  हेरिरहुँ  लाग्छ
अंगालोमा   बेरिरहुँ  लाग्छ
गगन मस्केर  हासेको देख्दा
क्यानभास   केरिरहुँ  लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *