खै ! कहाँ छ देशको अस्तित्व

इन्द्रप्रकाश खवास
अमेरिका

नाङ्गै भएछन् लुगा फेर्न भनी कमाउन
जानेहरू, देशको अस्तित्व भुले पछि ।
भरी सकेछन् गाउँ सहर विदेशहरूले,
देशीहरू बिदेसी भए पछि ।

दङ्ग परेका छन् मपाईँ म हुँ भन्नेहरू ।
ओहोदाको बाजी चल्न थाले पछि ,
टुक्री रहेछ हाम्रो सबै शक्तिहरू ।
अन्यायको विजय भए पछि ,

मस्त भएका छन् सबै जना ।
चिल्लो कारमा चढ्न पाए पछि
किन डर मान्छन् सतीब्रर्त नारीहरू ,
ठूला बडाले गिद्धे दृष्टि लाए पछि ।

खुसी छन् सबै मानिसहरू ,
विदेशी भोग विलासमा परे पछि ।
खै ! कहाँ छ देशको अस्तित्व,
सबै विदेशमुखी भएपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *