खोई, यो दुनिया केमा भुलेको छ !
नील अधिकारी
कोलम्बस, अमेरिका
दुनियाँ आज मस्तीमा भुलेको छ,
यो पो राम्रो कि ऊ पो राम्रो भन्दै डुलेको छ ।
कोही चोक-बजारमा त कोही नाइट क्लबमा,
कोही आफ्नै मोज-मस्तीमा भुलेको छ ।
संस्कार-संस्कृति र भाषा हराएको बेला
चिन्ताको ठाउँमा हर्ष र उमङ्ग छ ।
नाति-बाजेको बीचमा बोलचाल हराई सक्यो,
तर पनि यो मान्छे खोइ के मा भुलेको छ ।
विकृति र बिसङ्गतिको रुख झ्याँगिन थालेको छ,
देश र समाज बनाउने युवा-शक्ति डलरमा भुलेको छ ।
को कहाँ के गर्दै छ, कसैलाई थाहा हुन्न,
मान्छे आ-आफ्नै धुनमा भुलेको छ ।
एक आपसमा सञ्चारको कमीले हो भनौँ भन्दा
प्रविधि नै प्रविधिले भरिएको देशमा छ ।
भविष्य के होला भन्ने कसैलाई चिन्ता छैन,
यो समाज हिँजो र अस्तिमै भुलेको छ ।
मान्छे नै मान्छेको डङ्गुर लागिसकेको छ,
एउटा परतिरबाट सरेको छ, अर्को मास्तिरबाट झरेको छ ।
अब थोरै भएर हराउने डर होइन,
धेरै भएर जता-ततै पोखिने चिन्ता बढेको छ ।
हजारौँको सङ्ख्यामा जुट्ने आशा गर्यो,
मात्रै दश जनाको टाउको देखिन्छ ।
घरबाट बाहिर निस्कँदा नेपालीसङ्गै ठोकिन्छ,
म त छक्कै पर्छु यो मान्छे देख्दा,
खोइ, यो दुनियाँ केमा भुलेको छ !
खोइ, यो दुनियाँ केमा भुलेको छ !