गंगास्तुति

घनश्याम रेग्मी/अमेरिका

हे गंगे ! जब स्वर्गदेखि तिमिले आएर पृथ्वी तल ।
सारा मानिसलाई मुक्ति दिनमा गर्दै सदा तत्पर ।
तिम्रो दर्शन गर्न यात्रिजनले आएर गोता लिई ।
फिर्दामा पनि सम्झने हरबखत् मुक्तीदिने हुन् भनी ।।

राम्रो नाम छ दूर राष्ट्रहरुमा यी मातृ गंगा भनी ।
प्रातः काल उठेर स्नान गरिंदा सर्बस्व पाप् नाशने ।
जै गंगे ! भनि पूर्वजादि मुनिले तिम्रै शरण्मा परी ।
गर्थे दिव्य पुकार सुन्दर तिमी संसारकी सारथी ।।

झर्नारुप पहाडको शिखर नै सर्बत्र ढाकीकन ।
छाडी स्वर्ग झर्‍यौनि भूमितलमा देखेर पापी जन ।
धेरै ताप पर्‍यो भनी सगरमा राजा भगीरथ् सँग ।
आयौ श्री शिवका शिरोपरहुँदै भागीरथी भैकन ।।

प्यासी प्यास बुझाउँने तरहले निस्की अनेक् धाममा ।
इच्छापूर्ण गेरेर फिर्छ जनता पाएर नै शान्त्वन ।
शक्ती भारतको र देश सबको सम्झेर भित्री मन ।
सेवा खातिर धर्म राख्न नरको आयौ नदी रुपमा ।।

लज्जाको पनि ख्याल रत्ति नगरी दुर्गन्ध गर्छन् तर ।
उल्टो पाप पखाली शुद्ध गतिले बग्छ्यौ तिमी सल्सल ।
तिम्रो वेग त टुंगिदैन विचमा जान्छ्यौ तिमी सागर ।
गर्थे रे ऋषि मन्त्र सिद्ध तटमा तिम्रै लिई आदर ।।

तिम्रै नाम लिएर गर्छ जन जो यो काम गर्छू भनी ।
त्यस्लाई पनि शान्त हुन्छ दिलमा पापै गरोस्ता पनि ।
सानो काम बिचारी सिद्ध जनले हे मात मै हूँ सुत ।
भन्नेलाई सरक्क दान दिनमा हुन्छ्यौ सदा फूर्सद ।।

स्वर्गैमा पनि देवता मिलिजुली तिम्रो भजन् गर्दछन् ।
गंगा नाम सुनेर देश कतिता आनन्दमा पर्दछन् ।
देवी हौ तब दिव्य तेज बलले आएर पृथ्वीतल ।
यो नौकासरि देह पार गरनेभारी लियौ गौरव ।।

नीलो बादल रड्ड धार बिचमा धारा प्रवाहीतको ।
नौका चालक देखि बुद्धिजनले चर्चा गरी धर्मको ।
सेताहंस ढलक्क तीरतलमा शोभा भएको कति ।
आमा हुन् सरि शान्त हुन्छ मनमा यो विश्व ब्रह्माण्डको ।।

टल्कन्छन् रवि मोतिझैं किरणले मध्यान्हमा टल्टल ।
जो–जस्ता जतिमस्त छन् लहरमा स्नानादिका खातिर ।
जै–जैकार लगाई दर्शन गरी भन्छन् इ हुन् सागर ।
झट्टै पाप पखाली लोकसबको हे मात ? रक्षा गर ।।

3 Replies to “गंगास्तुति”

  1. Pashupati Timsina

    Dherai din pachhi Ghanashyam guru uthnu bhayeko cha. aas garaun aba bhutaneseliterature.com le naya gati line chha. bastavma bhannu parchha bhane ma pani ghanashyam guru kai pratichhyama thiyen. Bhutanese literaturele aba nayaa gati naline kurama biswasnai chhaina.
    Pashupati
    Georgia

Leave a Reply

Your email address will not be published. Required fields are marked *