गजल:१३५
कृष्ण भण्डारी
आइडाओ, अमेरिका
हास्ने रहर हराएको सत्य साचो नपाएर
हेर्छ कहिले आकाश तिर धर्ती कहिले हराएर
घर भरी छोराछोरी अन्न्बाली प्रशस्तै छन
चुपचाप बस्छ घोत्लिएर मनमा कुरा चपाएर
मन्दिर मझ्झिद देउराली र पहाड खोला गर्छ दर्शन
भेट्टाउदैन हराएको खोज्दा शरिर तपाएर
भिड्भाडमा पनि शुन्य लाग्छ बाटो-घाटो यत्र-तत्र
छेउमा कोही गयो भने एक्लै रहन्छ धपाएर