गजल:१४०
अर्जुन प्रधान
अमेरिका
तिम्रौ तस्वीर हेरी हेरी मर्ने कति कति
आँखाको किनार आँसु झर्ने कति कति
ओल्लो पल्लो घर गाँउको चौतारीमा
माया मोह प्रेम पत्र लेखी सर्ने कति कति
मेरोलागि दैवले बनाएको फूल भनी
कोपिलामै चुडि दैव नाम तर्ने कति कति
दाँयाबाँया पल्टाएर छातीभित्र राखि हिंड्दा
सुन्दर गीत गुनगुनाई लय भर्ने कति कति
हार बिच जितको शक्ति खोजी खोजी
नाम हजुर रामको हुनु पर्ने कति कति