गजल:१८०
राजु सुब्बा एटलान्टा, जि. ए
पहिले नाता जोड्ने तिमी नै हौ
अहिले माया तोड्ने तिमी नै हौ
तिम्लाई तिमी नै तिमी हुनुभन्दा
अन्तै माया गोड्ने तिमी नै हौ
सँगसंगै जीउने मर्ने कसम खाई
आधा बाटोमै छोड्ने तिमी नै हौ
गुलाब झैं माया हाम्रो फुल्दै थियो
मायाको बाग फोड्ने तिमी नै हौ
तिमीसंगै फुल्न आफैंलाई भूल्दै थिएँ
म मायाको कोपिला मोड्ने तिमी नै हौ ।।
good gajal ani kasaila dhoka ta diya jasto 6 ni bhai lai ki kaso ho any way good litrature keep it up नमस्कार सबै जना लाई है
काशी दुलाल सेक्टर c