गजल:१९५
सुदर्शन पोख्रेल, डेन्मार्क
बनाउँदैनन् तिनीहरु पल्केकाहरुले
सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले
मान्दिनँ सबै संस्कार जटिल बनेपछि
तुच्छ वाणी बोली आज टल्केकाहरुले
मान्न पनि सकिँदैन अर्थहीन बोली
राम्रो कुरा अघि सारुन् बल्केकाहरुले
समाजलाई डोर्याउने टाठा-बाठाहरु
भरी नभै आधी गाग्रो छल्केकाहरुले