गजल:१९७
सुदर्शन पोख्रेल
डेन्मार्क
सुन्दर सपना साचेको उही जिजीविषा
जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा
विकासको गतिले फड्को मारे पनि
नशा बन्दै गाको छ रे सुइ जिजीविषा
ओत लाग्ने छानो पनि प्वाल परेपछि
भक्कानिँदै छोड्दै छ रे चुइ जिजीविषा
एक दिन पुरा हुन्छ भनी ठान्ने बानी छ रे
डराउँदै स्वर उसको चड्यो बुइ जिजीविषा
बाँच्तै मर्नुभन्दा चाहिँ मरी बाँच्नु कि
अल्पमत र बहुमतको दुई जिजीविषा