गजलकार
प्रज्ञा तिमल्सिना
काठमाण्डौ नेपाल
दिन भन्दा त रातै राम्रो
ती अधरका वातै राम्रो
के संबोधन गरौं शब्दले
प्रेम भित्रको नातै राम्रो
उन्मत्त खुशीका भावहरु
पोखिएका ती खातै राम्रो
यस्तो लाग्छ जवानीमा
मायाप्रेमको सौगातै राम्रो
यस्तो लाग्छ जिन्दगीमा
मदहोसी त्यो मातै राम्रो
You might also like
Tags: Anniversary Bhutanese Literature Pragya Timsina