गजल-१०

कृष्ण भण्डारी ‘काँइलो’ / इडाओ, बोइजीग्राण्ड सिटी, अमेरिका

नाङ्गो छानाबाट आज सक्यौं बल्ल बाँच्न
धन्यवाद छ परमेश्वरलाई पुनर जीवन नाँच्न

बन्दोवस्त राम्रो बन्यो अनुग्रहित जीवन
नपरोस है कठीनता जीवन टुक्रा भाँच्न

‘सादा जीवन उच्च विचार’ पुनः मेरो बनोस्
जोखिमबाट बाँचिरहियोस् फेरि छैन जाँच्न

कस्तो राम्रो जीवन यो परिवर्तन यहाँ !
स्वतन्त्रता मन व्यबहार पाइयोस् सदा साँच्न

4 Replies to “गजल-१०”

  1. Tal Rai

    Thanks Krishna sir , for your enchanting Gazal. Wish your kind faith in this Bhutanese Literature Era.

Leave a Reply

Your email address will not be published. Required fields are marked *