गजल-१०१

त्रिबिक्रम अधिकारी / लेक्सिङ्टन, केन्टुकी, अमेरिका

सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ
तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ,

त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे
जुनी जुनी सँगै जिउने कसम पनि खाएँ,

“रोमियो र जुलिएट्” को कहानीबाट प्रेम बुझ्नु रे
तिम्रै खुशीको लागि सबै ठाँउ पनि धाएँ,

रातो गुलाफ कति राम्रो, त्यस्तै राम्री छौ तिमी,
तिम्रै रोजाइका सबै मैले सुट पनि लाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *