गजल-१०२

नारायण ढुंगाना / हेलिफेक्स, क्यानाडा

लामोयात्रा शरणार्थी भई रो’को नभुल्नु
जहाँ जान्छौ सम्झनाको पोको नभुल्नु,

छाप्राहरू बासको भित्तो सिरु खरको छानो
ओछ्यानैमा शीतको थोपा चो’को नभुल्नु,

हाम्रा बाजे बराजुका संघर्षका कथाहरू
हजुरबाले ल्याएको त्यो डोको नभुल्नु,

जस्तै आए पनि दशैं तिहार मनाएको
छाकै नपुगेर र’को भोको नभुल्नु

हाँस्ने गाउने रमाउने धेरै सोचहरू
साथीहरूको त्यो ठूलो धोको नभुल्नु

3 Replies to “गजल-१०२”

  1. acharya prabha

    प्रगतिको कामना………………/ भुटानिज साहित्य मंचलाइ म हृदयदेखि नै स्वीकार गर्दछु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु .

Leave a Reply

Your email address will not be published. Required fields are marked *