गजल-१०८
प्रगती पथमा पसिनाको धारा बगाउनेलाई
सच्चा समाजसेवक बनी सारा सगाउनेलाई
हाम्रो प्रार्थना साथ सदैव उन्कै हुन्छ
बनेर आवाज पीडितको नारा लगाउनेलाई
आशीर्वाद यही छ ज्ञान शक्ति मिलोस्
भोको गरीब सबैलाई आहारा मगाउनेलाई
शुभकामना हाम्रो आनन्दले रसाउनु
अन्धकारमा ज्योतिमय सूर्य जगाउनेलाई