गजल: ११५
प्रकाश घिमिरे
नोर्थ डकोटा,फर्गोसिटी,अमेरिका
मुख लुकाई पीर रुने देश छ कि छैन
फलानो भनी चिनाउने भेस छ कि छैन?
फगत बाचेको हात फैलाई वर्षौं भयो
नौलेटार खोसिएको ठेस छ कि छैन?
बोली नबोली इशारा मात्र काफी हुन्न अब
बार्तालाप भेट घाट अरु शेष छ कि छैन?
खोई बुजेको सिरुपाते खुकुरीको मर्म
भिडन्तमा रातोपिरो देखाउने फेस छ कि छैन?
अब गाउनु पर्छ आफ्नै गीत र गाथा भने
अन्त राष्ट्र खेलाउने चेस छ कि छैन?