गजल-१२३
Gajal, Nepali
अर्जुन प्रधान / मिनिसोटा, अमेरिका
खाली सिउँदो भराउने हात मिलेन
सँगै जीवन बिताउने जात मिलेन
नियम, रीति सबै आ–आफ्नै छ
पल–पलमा रमाइरहने रात मिलेन
डराइ पराइ हुनुपर्छ समाजदेखि
बाटो मुनी फक्रिइ झर्ने पात मिलेन
अब सबै–सबको के कस्तो हुन्छ भन्ने
कसै–कसैलाइ थाहा नहुने मात मिलेन
You might also like
Tags: Arjun Pradhan
ठिक छ भान्जा. प्रगती गर्दै जानु है .