गजल: १२३
टेक रिमाल
पिट्सबर्ग, पेन्सिलभेनिया
पिउँदा पिउँदै आफैंलाई, मातै बिरानो भो
सधैं समाई हिँड्ने तिम्रो, हातै बिरानो भो ।
कस्को आँखा लाग्यो कुन्नि, मेरो खुशीमा
झलमल पूर्णिमाको, रातै बिरानो भो ।
सँगै जिउँछु सँगै मर्छु भन्ने गर्थ्यौ तिमी,
भावनामा तिम्ले गर्ने, बातै बिरानो भो ।
मबाट तिमी धेरै, धेरै टाढ़ा हुँदा
लाग्छ मलाई तिम्रो मेरो, नातै बिरानो भो ।