गजल-१२८

गजलकार

टेक रिमाल
पिट्सबर्ग / पेन्सिभेनिया

बग्यौ तिमी कुन लहरमा, अझै पनि थाहा छैन,
बस्छौ तिमी कुन शहरमा, अझै पनि थाहा छैन ।

मेरो माया कमी भो कि, अपुरो थियो मेरो साथ,
गयौ तिमी कुन रहरमा, अझै पनि थाहा छैन ।

भुल्न खोज्छु विपनीमा, आइदिन्छौ सपनीमा,
देखें सप्ना कुन प्रहरमा, अझै पनि थाहा छैन ।

प्यालाभरि पिउँदा पनि, तिम्रै याद आइदिन्छ,
नशा मिल्छ कुन जहरमा, अझै पनि थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *