गजल: १२९

रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज,भरतपुर चितवन

काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन्
जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्।

मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन  र
चार वर्ष नेपालीको रगत टन्ऩ खाईयो भन्छन् ।

गरीब दुःखी नेपालीको सपना सबै जलाएर
कुकुरहरु हड्ड़ी खोज्दै गाउँमा फेरी आइयो भन्छन्।

आफ्नै झोली भर्न मस्त  संबिधान नबने नि
चिल्ला गाडी राजधानीमा भब्य महल पाईयो भन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *