गजल-१३

गजलकार

मनाउँछु हार हैन ,तिम्रो जीत जीवन भरी
मेरो खुशी यही नै हो, तिम्रो प्रीत जीवन भरी

दु:ख छोपी खुशी दियौ, शान्त तिमी सागर बनी
हर मौसम घन्काउँछु, तिम्रो गीत जीवनभरी

रूमल्लिँदै हिड्दै थिएँ, गन्तव्यहीन यात्रा जस्तै
लक्ष्य आफैँ बनि दियौ, गरी हित जीवन भरी

टुक्रिएको ढुङ्गो सरी, चोटै चोट थाम्दै थिएँ
थाम्यौ हात पाएँ साथ, लाएँ मीत जीवन भरी

विवशतामा तिमीसँग, बिछोडिनु पर्ला कतै
ढुक्ढुकीमै बसी जान्छु, तिमी सित जीवन भरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *