गजल: १३४
टेक रिमाल
पिट्सबर्ग अमेरिका
मन त मेरो सफा छ है, छालामात्र कालो कान्छी,
हुन्छ भने बनाउने छु, तिम्रो भाइलाई सालो कान्छी।
दाजु-दिदी जोर जोरै छन्, एक्लो त म मात्र,
बाबा-आमा भन्नुहुन्छ, अब तेरो पालो कान्छी ।
भोको बस्या छैन कहिल्यै, बसेकै छु छानो मुनी,
दुःख सुख पुर्याउने छु, आङ ढाक्ने टालो कान्छी ।
एक्लै बस्छ्यौ कहिलेसम्म, माइतीमै बुढी कन्या,
सुन्या छैन बज्या कतै, घण्टीबिना रालो कान्छी ।