गजल-१४१
टिका खनाल,
कोलोराडो, अमेरिका
आइरहने सधैँभरि पल गारो मिठो
पाएको जिन्दगी एक बार सारो मिठो
एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका
“फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो
आधा खाई दिनभरि भोक थमाएका
मेहनत गरी पकाएको त्यो चारो मिठो
तातो चिसो एकै ठाउँ आउने पानी
मिलीकन एकपछि अर्को धारो मिठो