गजल-१४६
Gajal, Nepali
गजलकार
मोहन गौतम
दक्षिण अष्ट्रेलिया
चोटमाथि चुक खस्यो मर्न सकिएन
खहरेमा भेल आयो तर्न सकिएन
रातपछि दिन हुँदै तिम्रै याद आइरहयो
बिगत बल्यो तिम्रो गाउँ झर्न सकिएन
आँसु थामे अझ दुखेको मुटु छामे
व्यथा लुकाई तिमीसामु सर्न सकिएन
जीवन गल्यो नसा गल्यो अनि प्रित गल्यो
रित्तिएको माया फेरि भर्न सकिएन
You might also like
Tags: Mohan gautam
मोहन जी,
गजलमा मार्मिक भाव, छोटो, मिठो अनि सजिलो शब्दको प्रयोग गर्ने तपाइको प्रयाश राम्रो छ | लेख्ने काम जारी रहोस |
सुशील पोख्रेल
मोहन जी तपाईं को गजल ज्यादै मन पर्यो धन्यवाद लेख्दै गर्नु होला शुभ-कामना
“खलानको मान्छे”