गजल-१५
हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो
आमा सँगै छोरी पनि लुटिएको याद आयो
साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै
घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो
सिकार बनी टुक्रिएका देव लक्ष्मी गाईसँगै
कुल्ची -फटाई च्याती जीवन खुटिएको याद आयो
पछ्याएर आउँदै थिए हाम्रा सारा वस्तुहरु
मुटु मिची फर्काएथेँ छुटिएको याद आयो
दिन -रात उस्तै भयो प्रबासी यो झुप्रोभित्र
झस्किएर उठेँ आशा टुटिएको याद आयो
wa mohan g mane la tapailai. ramro lagyo.
great job Mohan! Awesome! I wish your craftmanship and penmanship.Keep up my friend…Dom.
Thank U.you are the true writer. Your gazal touch the heart of bhutanese people. great job. keep it up.