गजल-१५१
नारायण ढुंगाना
क्यानाडा
छान्नेहरु संसारलाई आमा छान्दछन्
ठान्नेहरु आफ्नो देश देवता ठान्दछन्
ब्रह्माण्डलाई एउटा मैदान सम्झिएर आज
हान्नेहरु पृथ्वीलाई गोल हान्दछन
जिन्दगी त आ-आफ्नो हो ईच्छा अनुसार
तान्नेहरु जिन्दगीलाई धुवां तान्दछन्
होला धनी गरिव आफ्नो कर्म अनुसार
मान्नेहरु मुठी माटो महान मान्दछन्
चन्द्र सुर्य ताराहरु पराई कहाँ हुन र
जान्नेहरु ब्रह्मानण्डनै आफ्नो जान्दछन्
very nice . keep it up your good work !