गजल-१५
श्रीराम गौतम
बलेटक्सार गुल्मी, नेपाल
सिर्जनाका मुलहरु, कहिल्यै पनि सुक्नु हुन्न
गजल “उपहास भए पनि, प्रतिभा लुक्नु हुन्न”
अनुरागी सहित्यका, आफै माथि चुर हुन्छौ
स्वयमलाई उच्च ठानी, शिल्पलाइ थुक्नु हुन्न
फक्रिदैको कोपिलामा, मिठो-वास्ना नआएमा
मुर्झिएको बहानामा, अनायसै चुट्नु हुन्न
निसंकोच सिर्जनामा, लागीरहौं निरन्तर
फुल्ने नै छ कुनै-दिन, रोप्न चाँहि चुक्नु हुन्न