गजल-१६

राजु सुब्बा
एट्लान्टा, अमेरिका

रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ
नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ

आगोले आधि खाएर घर भत्किएको रहेछ
गोठ खालि खोर खालि वस्तुहरु फुकेको रहेछ

खेत बारी बाँझै घर आँगन नै बिरानो भएछ
मलाई देखेर होला घरैको कुकुर भुकेको रहेछ

सेत्तै फुलेको कपाल गुन्द्रिमा बेहाल रहिछिन्
ढोकादेखि भित्री हेरेँ आमाको शीर झुकेको रहेछ

भक्कानो फुटेर आयो आमा भन्दै काखैमा पल्टिएँ
मेरै मायाबाट आमाको मन चुकेको रहेछ ।।

(लेखकलाई फोटो पठाउन अनुरोध छ – प्र.स)

3 Replies to “गजल-१६”

  1. Tal Bali

    Mama Ji ! very overwhelming Creations . The warm love that we are sharing with our mother was really remarkable . That’s why we can’t believe any thing without the support of our near and dear relatives especially – Mother. I liked this fascinating Gazal .Catch u soon.

Leave a Reply

Your email address will not be published. Required fields are marked *