गजल-१६३

उमा गौतम / पीए, अमेरिका
गजलकार

उमा गौतम
पीए, अमेरिका

कहीँबाट कुनले बोलाए जस्तो लाग्छ
बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ

आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा
चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ

दिन रात घरी घरी सम्झनाले सताउँदा
टाढाबाट उनले बोलाए जस्तो लाग्छ

एकान्तमा एक्लै बसी मलाई सम्झी रुँदै छौ रे
आज तिम्रै गुनले बोलाए जस्तो लाग्छ

4 Replies to “गजल-१६३”

  1. xox

    गजब को लायो तपाई को गजल पदना पाउदा . लेखना नाबिसाउनु होला , कृपया!

Leave a Reply

Your email address will not be published. Required fields are marked *