गजल-१६४
डिल्लीराम आचार्य
नर्वे
सत्ययुग हैन आज कली युग आ’छ
युवकलाई भन्दा पनि युवतीलाई था’छ ।
टुलुटुलु युवकले हेर्छन् युवतीलाई
आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ ।
तिम्रो भूल हैन नानी समयको भूल
भर्खर मात्रै नाङ्गै हिड्ने अधिकार पा’छ ।
खुट्टादेखि माथिसम्म हेरौं हेरौं लाग्ने
भेटेसम्म ठाउँ ठाउँमा चुम्मा पनि खा’छ ।।
नमस्कार !
राम्रो छ, उत्तरोत्तर प्रगतिको कामना !
धन्येबाद
यो नया कुरा होइन. बिस्तारै बस्तारै यो समाधान हुन्छ. हेर्ने र देखाउने बराबर हुनु पर्ने