गजल-१६७
दुर्गा निरौला
न्यूयोर्क, अमेरिका
देशप्रेमी ऊ अझै जेलमै होला
बरा निरंकुशताको नेलमै होला
सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै
जीवन-मरणको धमिलो भेलमै होला
राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा
शामन्तको कुटील त्यो खेलमै होला
आखिर निराश भई पछुताउने किन
समाधान त सहिसलामत मेलमै होला