गजल: १६९
नारायण ढुंगाना
हेलिफ्याक्स, क्यानाडा
नघोच्ने कुनै कोमलो धार छैन
समस्यै समस्या निराकार छैन
रसीलो कुनै गीत गाउं म भन्छु
छ सीतार मेरो कुनै तार छैन
कि आंखा छ यस्तो सधैं खोट देख्ने
मिलेको घुरीलो कि संसार छैन
कसोरी छ यो कोमलो दील भन्नु
म कल्पिन्छु मन्मा कतै प्यार छैन
सदाचार मात्रित्व पोलेर खायौं
हंसीलो खुसीलो परीवार छैन
परीसान हर्दम् भएको छु याहां
म पात्रो नियाल्छु शनीबार छैन
अखाबार पढदै म घोत्ली रहन्छु
बुझीने सजीलै समाचार छैन ।