गजल: १७१

गजलकार

नारायण ढुंगाना
हेलिफ्याक्स, क्यानाडा

पराईका पाउजु अनी चुरा नसुनाउ
भो-भो अब पिरतिका कुरा नसुनाउ

अधुरो यो जोबन मेरो अपुरोनै रह्यो
आधा कहानि नै मीठो पूरा नसुनाउ

छोयो जता जता त्यतै त्यतै दुख्दछ
कांडा बिझी सक्यो भित्र छुरा नसुनाउ

थकाईमै सुसाउन आनन्द छ मलाई
चन्द्र छुने तारा झार्ने सुरा नसुनाउ

पुरै ब्रह्मान्ड छ मेरो मन मस्तिस्कमा
माया प्रेमका सानातिना भुरा नसुनाउ

One Reply to “गजल: १७१”

Leave a Reply

Your email address will not be published. Required fields are marked *