गजल-१७४

गजलकार

नारायण ढुंगाना,
हेलिफेक्स, क्यानाडा

गर्ने मन एउटा हुन्छ, हुन्छ अर्कै कुरा
मुखमा चाहिं रामराम बगलिमा छुरा

आफू गर्ने भए कार्य सधैं सिद्ध हुने
अर्को नाईके छ त अनि काम अपुरा

भबिष्यमा लखतरान भई गल्नेहरु
वर्तमानमा भने कुरा गर्छन् धेरै सुरा

जब काम भन्दा ज्यादा कुरा हुन थाल्छ
खुल्ला बाटाहरु पनि बन्छन् साँघुरा ।

One Reply to “गजल-१७४”

Leave a Reply

Your email address will not be published. Required fields are marked *