गजल: १७५

उमा गौतम
पी.ए अमेरिका
नशालु त्यो नजरको चाल बुझ्नै गार्हो
खै कस्तो कस्तो उनको जाल बुझ्नै गार्हो
प्यासी शब्द,सङ्गीतको रसमा डुबी डुबी
तडप दिल, सराबी ताल बुझ्नै गार्हो
मुटु छुने वाणीहरु आभास दिदै स्पर्सको
हो कि प्यार उनको,या त गाल बुझ्नै गार्हो
पर्दा अघि मुम्कुराउदै पर्दा पछी राज गहिरो
सुखी हुन् या दुखी हुन्,हाल बुझ्नै गार्हो
मान्छे चिन्न सारो छ. गजल अति भाबुक छ, पर्गती गर्दै जानु होला, उमा,
राम्रो छ गज़ल / अझै राम्रो गज़ल तथा गीतहरु को फेरी पनि प्रतिक्ष्यामा |
i really like this saying la
गजल ठिक छ.भुटान बाट भिभिन्न देस गयर पनि नेपाली साहित्य लै माया गरेको देक्दा खुसि lagyo