गजल-१७७
देवीभक्त भट्टाराई
अमेरिका
भावनाको सङ्गीत हो माया
दुई आत्माको मित हो माया ।
गहिराइमा खोज्न जादा
हीरा जटित नीत हो माया ।
सृजनाको शिखर चढ्दा
साथीसंगको हित हो माया ।
मरुभूमिको खण्ड खण्डमा
प्यासीहरुको धीत हो माया ।
आसकको पिरती साट्ने
बिहानीको शीत हो माया ।