गजल-१७

थुक्तेन दोर्जे ड्रूक्पा / डेन्मार्क

भुटान नेपाल यु.एस.डेन्मार्क माटो एउटै हो
एकदिन
सबले मर्नै पर्छ बाटो एउटै हो

अतीत सारा सम्झन्छु च्वस्स दुख्छ मुटु
मलाई
मात्र भन्दिन फाटो एउटै हो

भाग्य खोज्दै कर्म गर्दै जहाँ पुगे पनि
हामी
सबै भुटानीको खाटो एउटै हो

राष्ट्रलाई माथि राखौँ जहाँ रहे पनि
विशाल
भुगोल गोलाकार पाटो एउटै हो

2 Replies to “गजल-१७”

  1. prakashdhamala

    bhai good gazal malai thugten ka gazal sarai mann parchan ho ………….. kabita pani mann parchan …………… j hos srijana aafu ma nai uchha chhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *