गजल-१८१
टिका खनाल
कोलोराडो, अमेरिका
अहिले नै सहरतिर झर्नु पर्छ तिमी र म
कुम्लो कुटुरो बोकी सर्नु पर्छ तिमी र म
हुन्न यसरी कसरी बस्नु एक्लै एक्लै
यो मायाको सागर तर्नु पर्छ तिमी र म
बालबच्चा हुन्छन् तर नडराउ प्रिये तिमी
सपना उनीहरुको भर्नु पर्छ तिमी र म
खेल्दा खेल्दै रोए भने हाम्रा नानी बाबुहरू
एकादेशका कुराहरू गर्नु पर्छ तिमी र म