गजल: १८७
दीपक थापा
भर्जीनिया, अमेरिका
साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे
हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे
धर्म, कर्म, रीतिथिति आफ्नै हो काका भन्छु
राम नाम र हरि भजन देखिअरु गाउदैनन् रे
बानी छ रे बसी खाने आधी उमेर ढले पनि
छिट्टै आउँदा बसी खान बृद्धा भत्ता पाउदैनन् रे
पुर्खाकै रित थाम्छु मारे मार भन्छन् मलाई
दौरा सुरुवाल ढाका छोडी प्यान्ट सर्ट लाउदैनन् रे