गजल-१८८
यतिराज अजनबी
एडिलेड, अष्ट्रेलिया
जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न
नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न
काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर
मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न
देखावटी छ दुनिया थाह हुँदा हुँदै
आगन पुर्न भंडार खन्न, थालिहाल्नु हुन्न
यौटा दिन लाग्दैमा, देउता मानी तिम्ले
युगौं पुज्दै आएको ढुंगा, गालिहाल्नु हुन्न
फाट्ने भनेको लुगा, कपडा नै त हो
दुलो परेको जान्घे चाहिँ, टालिहाल्नु हुन्न