गजल-१८
हाँसी–हाँसी छुरा धस्ने खुनीलाई भुल्दिन म
तर पनि किन–किन उनीलाई भुल्दिन म
पिएर नै बेहोसी भै बरू भूल्छु आफैलाई
तड्पाएर छाडीजाने बैगुनीलाई भुल्दिन म
सपनीको सुन्दर संसार सजाएर राखूँ भन्थें
त्यही संसार जलाइदिने धुनिलाई भुल्दिन म
रित्तो–रित्तो उदास–उदास आकाश हेरी बाँची रा’छु
घाम–जून बिना बिताएको यो जूनिलाई भुल्दिन म
याम जी राम्रो नेपाली गजल लेखिदिनो भयेकोमा तपाईलाई धरै धरै धन्यबाद .
यादप नेउपाने/कानाडा