गजल-१९

उमा गौतम / अमेरिका

हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार
देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार

आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै
अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार

निर्दोषी फूलका थुँगा हारैहारको पासोमा छन्
हरियाली पन्साएर मरुभूमि छुन्छु क्यार

बिष छरी ध्वास्त पार्ने जीवहरु सम्झिएर
हाँसी हाँसी रोइरहेको ढुकढुकी सुन्छु क्यार

देखावटी मोज मस्ति हाँसोलाई फिँजाएर
स्वदेशको प्यार बोकी विदेशमा कु’न्छु क्यार

2 Replies to “गजल-१९”

  1. krishna pokharel

    जिन्दगीको भोगाईलाई गजलमा साट्ता खेरि
    मन मुटुमा देश भक्ति जोगाएर राक्दा खेरि

    आमा आमा भन्दा भन्दै न्यानो काख छोड्नु पर्दा
    जिन्दगीको यात्रा फेरी अन्तै कतै रोज्दा खेरि

    दोष छैन , भूल होइन, गर्या पनि केहि छैन
    ब्वासो हाम्रो गोठमा पसी बगाल स्वाहा पार्दा खेरि

    हार गुहार माग्ने पनि ठाउँ नपाउदा खेरि
    रुनु हास्नु उस्तै उस्तै अनुभूति आज
    आमा आमा भन्दा भन्दै सबै स्वाहा हुदा खेरि

    मन मुटुमा देश भक्ति जोगाएर राक्दा खेरि
    मन मुटुमा देश भक्ति जोगाएर राक्दा खेरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *