गजल: १९८
विश्वास लामा
क्यानाडा
यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ
तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ
एक पल्ट आफैंलाई नियाँलेर हेर तिमी
आफ्नो पुरानो तस्वीरको कथा फरक पाइन्छ
फूल चडाएर यहाँ बर माग्छन् भक्तहरु
अफसोस यो मन्दिरको कथा फरक पाइन्छ
यो जीवन यस्तै रै’छ “बिश्वास” बाबु
होस गर्नु तक्दीरको कथा फरक पाइन्छ