गजल-१९

कृष्ण घिमिरे,
धरमपुर, झापा, नेपाल

कतिलाई सम्झिऊँ तिमीलाई भुल्न ?
कुन दिशा लम्किऊँ तिमीलाई भुल्न ?

कहिल्यै सोच्दिन अब सुध्रिनु छ
भन कति बिग्रीऊँ तिमीलाई भुल्न ?

जताबाटा आयो हावा त्यतै थियौ तिमी
म कता बतासिऊँ तिमीलाई भुल्न ?

जीवनभर बेहोसी भइरहन अब
कि रक्सि पिऊँ तिमीलाई भुल्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *