गजल-२०
सयौँ बार कसैलाई पर्खिनुको मजा
मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा
पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त
के बुझ्थे र काखमै जीवन धर्किनुको मजा
सफलताका कथा हुनेहरू सधैँ दुख्या देख्छु
दुःखै दुःखबाट रहर घर्किनुको मजा
सेलाउँछन् कहिले आगो कहिले पानी हुनेहरू
आगो पानी बीचबाट फर्किनुको मजा