गजल-२०

टंक वयलकोटी
बेलडाँगी
आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो
भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो
जूनको जादू देखिन्छ टल्किएपछि आकासमा
त्यही जूनको बीचमा अझ लुक्ने टाटो प्यारो
अति सुन्दर वातावरण शीतल हावासँगै
रमाउँदै घुम्न जाने चियाबारीको पाटो प्यारो
देशको माटो भने पछि सधैं मरिमेट्नेलाई
देशभक्ति भावमा दुख्ने घाउको खाटो प्यारो