गजल-२२

डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे

जति पानी जमे पनि ताल उही हो
जति गाँठो कसे पनि जाल उही हो ।

डराउनु शत्रुसँग ठूलो सानु हुन्न
जतै बगे समुद्रको छाल उही हो ।

हृदयकी रानी छान श्रृंगारिणी हैन
जति राम्री भए पनि माल उही हो ।

महलमा बस कि ता झोपडीमा बस
जति बाछा जन्मे पनि साल उही हो ।

घडी पला पुगे पछि सबै जानु पर्छ
बाल वृद्ध सबै लाने काल उही हो ।

One Reply to “गजल-२२”

Leave a Reply

Your email address will not be published. Required fields are marked *