गजल – ४८१

प्रेम उप्रेती (पिपलटारे)
न्युयोर्क, अमेरिका

मेरो  प्यारो  साथी   अचेल   बोतल  भएको  छ
बिग्रियो नासियो सकियो रे, हलचल भएको  छ ।

मध्य रातमा  भट्टी  बाहिर  लर्बराउदै  कराउँदा
शान्त टोल गाउँघरको आज, खलबल भएको छ ।

तन दिएँ मन दिएँ आखिर के चैँ दि’न होला र  !
तिम्रो बोलीमा छुराको प्रहार, हरपल भएको छ ।

अदालतमा उनको मेरो अन्तिम  भेटघाट  हुँदा
बाँकी जीवन एकलै जिउने, छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *