गजल-२४२
खनाल अविरल
हिजो, आज र अस्ति आएँ, धायो नभन
हिडेँ, बोलेँ र रमाएँ, यसले चायो नभन
उत्साह, माया र प्रेमको जलनमा पनि
जलाएर प्रेममा मेरो गीत, गायो नभन
एक्लै जलेर हिँड्दै छु, भीडहरुको माझमा
उत्श्रृंखल त्यो विगतको चालले खायो नभन
विछोडिएको त्यो जोडी ढुकुरको रिस्तासँगै
जीवनको अन्तिम प्रहरमा धोका पायो नभन