गजल-२४६
आरके थापा
दोलखा, नेपाल
लक्ष्य अनि भविष्य त्यो तुनेर जाऊ है । ।
भत्केको यो मनको कथा सुनेर जाऊ है । ।
बिग्रँदैछ वर्तमान सँगै भविष्य त्यो,
विश्वास गर्ने मनलाई नै चुनेर जाऊ है । ।
रमाउदै जान्छौ तिमी यादले सताउला
मनको ढोका आफैँले थुनेर जाऊ है । ।
ती हातले श्रदान्जली दिन नपाउली
सजाउने फूलमाला उनेर जाऊ है । ।
गाह्रो होला सोच्नलाई भोलिका ती दिन
सपनाहरु आज नै बुनेर जाऊ है । ।
हाल: साउदी अरबिया