गजल: २६३
विश्वाश लामा
क्यानाडा
तिम्रो समिप म कुनै दिन आउन सक्छु
मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु
मलाई तिम्रो मायामा यती विश्वास छ्
यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु
विपनीमा तिमी मलाई सताउन सक्छौ भने
सपनीमा तिमीलाई म सताउन सक्छु
अरु त के गर्न सक्छु र म
तिमीलाई यही एउटा गजल सुनाउन सक्छु !